Home > समाचार > ऐतिहासिक भगवती मन्दिरको पुननिर्माण हुने

ऐतिहासिक भगवती मन्दिरको पुननिर्माण हुने

पुस २३। म्याग्दीको बेनी रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण हुन लागेको हो ।२०७२ सालको विनासकारी महाभुकम्पका कारण जिर्ण बन्दै गएको मन्दिर पुननिर्माणमा ८५ लाख १८ हजार चार सय ९१ रुपैयाँ बजेट विनियोजन भएर छ अब ठेक्का सम्झौता गरि ऐतिहासिक भगवती कोटमन्दिर निर्माण प्रकृया सुरु गर्ने तयारीमा रहेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनु भएको छ।

ऐतिहासिक भगवती मन्दिरलाई पुरानै स्वरुपमा पुननिर्माण गर्ने गरि मन्दिरको पुजा सञ्चालन तथा व्यवस्थापन समिति मार्फत प्रस्ताब तयार गरि विभागमा प्रस्ताब पेश गरिएको थियो सोही बमोजिम योजना छनौट भएको स्थानीय जिसस प्रमुख केसीले जानकारी दिनुभयो । ऐतिहासिक मन्दिरलाई जिर्णेद्धार गर्नका लागि बजेट विनियोजन भएपछि मन्दिरको पुननिर्माण कार्य अघि बढ्ने निश्चित भएको मन्दिरको पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताउनु भएको । उहाँले मन्दिरको पुरानै स्वरुपलाई जोगाउने र भुकम्पपतिरोधी बनाउने गरि पुननिर्माण गर्ने गरि प्राविधिकहरुसंग डिजाइन बनाउन लगाईएको छ हामिलाइ बताउनुभयो ।

????????????????????????????????????

मन्दिर पुननिर्माणको लागि डिजाइन स्टीमेट तयार गर्दा नै भुकम्पप्रतिरोधि प्रविधि अवलम्बन गरिने र ढुंगा र काठकै सामाग्री प्रयोग गर्नेतर्फ जोड दिईएको छ । जिल्लामा रहेका पुराना कोतमन्दिरहरुमा पर्ने यस भगवती कोत मन्दिरमा बडा दशैँको अवसरमा विषेश पुजा हुने गर्छ ।
धवलागिरी आईसफल पदमार्गले समेटिएको मन्दिरस्थलबाट पवित्र कालिगण्डकी नदी, पुलाश्रम, पञ्चकोट संगै अन्नपुर्ण र निलगिरि हिमाललाई नजिकबाट नियाल्न सकिने भएकाले यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक तथा ऐतिहाँसिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न जोड दिइएको छ ।

ऐतिहासिक भगवती मन्दिरको धार्मिक ऐतिहासिक महत्वलाई प्रचार प्रसार गर्ने र पूर्वाधार निर्माण गर्ने कार्यलाई प्राथमिकता दिईएको वडा अध्यक्ष रिमबहादुर कटुवालले अनलाइन खबरलाई जानकारी दिनुभएको छ । यस कोटमन्दिरको इतिहास १७ औँ शताब्दीको विरासतसँग जोडिएको छ । जिल्ला सदरमुकाम बेनीदेखि ४ कोष उत्तरमा कालिगण्डकी र रघुगंगा नदीको दोभानको शिरमा रहेको भगवती कोतमन्दिरमा पुग्न बेनी–गलेश्वर–पिप्ले–भगवती सडकको सहज पुहँच छ भने पैदलयात्रा मार्फत समेत सहजै पुग्न सकिन्छ ।
तत्कालिन राखु भगवती र राखु पिप्लेकोे साझा कोतको रुपमा चिनिदै आएको यो मन्दिरको ईतिहास नेपाल एकिकरण हुनु अघिको तत्कालिन विभिन्न भुरे टाकुरे राजाहरु तथा १४ देखि १७ औँ सताब्दीका बाईसे चौबिसे राज्यका राजाहरुसंग जोडिएको इतिहासमा पाईन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *