Home > Uncategorized > विदेशीको डिजाइनमा धर्म निरपेक्षता र संघीयता लादिएको : कमल थापा

विदेशीको डिजाइनमा धर्म निरपेक्षता र संघीयता लादिएको : कमल थापा

मनोज जग कार्की

पुस, २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विदेशीहरुको डिजाइन अनुसार नेपाललाई धार्मिक सांस्कृतिक उपनिवेश बनाउन धर्म निरपेक्षता लादिएको बताउनु भएको छ।

हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बुधबार पूर्वउपप्रधानमन्त्री थापाले ०६२/६३ को जनआन्दोलनमा विदेशीको प्रभाव,प्रायोजन र लगानी रहेको भन्दै त्यो बाटोबाट मुलुक दुर्घटना हुने बुझेर आफू गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको स्पष्ट पार्नु भएको छ ।
१४ वर्षको गलत अभ्यास र प्रयोगबाट वर्तमान व्यवस्था, प्रणाली र संविधानमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै कमल थापाले संसद विघटनको घटनाबाट झन मुकुक थप जटिलतातर्फ धकेलियको बताउनु भएको छ । अब हामिले यसलाई अवसरको रुपमा सदुपयोग गर्न त्रुटि सच्याउने हिम्मत र साहस आवश्यकत भएको बताउनु भयो।

जनतामा प्रश्न गर्दै उनले भने ‘क्रान्तिको नाममा बन्दुक बोक्न लगाउनेहरु आज कहाँ छन खै ?, बन्दुक बोक्नेहरु कहाँ छन त ?’ थापाले लोकतन्त्रको नाममा ब्रम्हलुट भइरहेको भन्दै एक आपसमा सर्वसत्तावादीको आरोप प्रत्यारोप गर्ने कम्युनिस्टहरुको उत्पादन नै खराब बिउबाट भएका बताए ।

हिजो राम्रो बिउ रोप्न नसकेका कारण आज फल खराब फलेको भन्दै थापाले धतुरो रोपेर कहिले आँप नफल्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *