पुस, २१ ।चितवनको पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएको छ । कोभिड १९ कोरोना सङ्क्रमण जोखिमका कारण देखाउदै हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जानकारी दोइएको छ ।
देवघाट क्षेत्रविकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका जानकारी दिए अनुसार ३ (तीन) जिल्लाका सुरक्षा निकायका प्रमुख हरुको उपस्थितिमा बैठकले माघेसङ्क्रान्ति मेला नगर्ने निर्णय गरेको हो।
कार्यकारी निर्देशक घिमिरेले घरमानै माघेसङ्क्रान्ति मनाउन अनुरोध गर्नु भएको छ । उहाले भानु भयो “बेनीमा स्नान मात्र गर्न आउनेलाई भने हामी रोक्दैनौं ।” स्वास्थ्य सतर्कता अपनाएर दुरी कायम गर्दै स्नान गर्न अनुरोध गर्नु भएको छ ।