स्मार्ट दोलखा स्वतन्त्र आवज किन ?
हाल नेपालको वर्तमान अवस्थालाई मध्यनजर राखी समग्र देशको समृद्धि, विकास र जन नागरिकहरुको आत्म स्वाभिमान नेपाली हुनुको अर्थ नेपालको भौगोलिक तथा राजनैतिक समाजमा रहेका विसगति बिकृति, तस्करी, भ्रस्टाचार, अन्याय, अत्याचार,बिरुद्द तथा मानब तस्कार रक्षार्थ समाबेशी समाजको निर्माणार्थ देशब्यापी रुपमा जनचेतना अभियान सन्चालन गरि राष्ट्र निर्माणको अभियानमा भ्रस्टाचारमुक्त समाज विभेदमुक्त समाज समाबेसी समाज, सृजनशिल समाज, विसगति, विकृतिमुक्त समाज, घुसखोरी तस्करीमुक्त समाजको,निर्माणको लागी स्मार्ट दोलखा स्वतन्त्र आवज अभियानमा सुरु हुदै छ।
यसैलाई आधार मानि समाजमा भए गरेको नकारात्मक पक्षहरुलाई सुधार गरी गतिशिल समाजको निर्माण गर्न समाजमा रहेका व्यक्ति नागरिक समाज राजनैतिक ब्यतित्व विभिन्न पेशामा आबद्द जननागरीक बिद्यालय कलेज सघ सस्था यातयात व्यवसायी गुरु सिक्षाक पत्रकार विभिन्न तह र तप्कामा रहनु भएका व्यक्तित्वहरु तथा सरकारी गैरसरकारी सघ सस्थाहरु समन्वय गरी विविध खालका जनचेतनामुलक र खबदारीको कार्यक्रमहरु संचालन गर्न स्मार्ट दोलखा स्वतन्त्र आवज बुलन्द गर्न गैरहेको छ।
तस्करी, भ्रस्टाचार, अन्याय, अत्याचारको,भीडमा सामाजिक अभियान्तालाइ के नयाँ पाइलाका लागि स्थान छ र ?
समृद्धि, विकास र जन नागरीकहरुको आत्म स्वाभिमान नेपाली हुनुको अर्थ नेपालको भौगोलिक तथा राजनैतिक समाजमा रहेका विसगति बिकृति, तस्करी, भ्रस्टाचार, अन्याय, अत्याचार, बिरुदको लागि यो जगतमा हामीले पाइला टेकेका छौं,२०७७ पुष ०९ /१८ गते सनिवार दिन राजनैतिक समाजमा रहेका विसगति बिकृति, तस्करी, भ्रस्टाचार, अन्याय, अत्याचार, वेरुद्द भीडमा नयाँ पाइलाका लागि स्थान छ तर कठिन छ माफियाको जालो तोड्नु पर्छ उहाले भानु भयो ?
विचारको जगत फराकिलो हुन्छ। विचार, त्यसको ग्राह्यता र अनुमोदनले समाज तथा राष्ट्रको गतिशीलता र अग्रगमनलाई सुनिश्चित गर्दछ। विचारको निषेधबाट समाज हिंसा र खण्डीकरण प्रक्रियामा धकेलिन सक्छ। यो हाम्रै भोगाइको पाठ पनि हो।
दोलखा स्वोतन्त्र आवाज, विवेकशील, दूरदर्शी र संवेदनशील हातमार्फत यस अभियानले के गर्छ ?
एक्काइसौं शताब्दीमा भ्रस्टाचारमुक्त समाज विभेदमुक्त समाज समाबेसी समाज, सृजनशिल समाज, विसगति, विकृतिमुक्त समाज, घुसखोरी तस्करीमुक्त समाजको, निर्माणको लागी स्मार्ट दोलखा स्वतन्त्र आवज अभियानमा यसैलाई आधार मानि समाजमा भए गरेको नकारात्मक क्षेत्रलाई प्रभावित गरेको छ, अक्सर निर्णायकरूपमा। तर, अभियानले मानव चिन्तन र संवेदनालाई विस्थापित गर्न सक्दैन। स्मार्ट दोलखा स्वोतन्त्र आवाज, विवेकशील, दूरदर्शी र संवेदनशील हात मार्फत यस अभियानले विश्वको कायापलट गर्ने क्षमता राख्दछ।
कसरी संगठित बन्न प्रेरित गर्नु हुन्छ युवालाई ?
अक्सर युवा पुस्ताले ठूलो संख्यामा सामाजिक सञ्जाललाई आफ्नो अभिव्यक्तिको माध्यम बनाएका छन्, आजको युगमा। त्यस अर्थमा हरेक सामाजिक सञ्जाल प्रयोगकर्ता पनि पत्रकारिताका अभ्यासकर्ता हुन्। हामी त्यो विशाल तर असंगठित जनसंख्यासँग पनि सहकार्य गर्न चाहन्छौं। उहाँहरूको सहभागिता, स्वस्थ आलोचना र रचनात्मक सुझावले हामीलाई झन् राम्रो बन्न प्रेरित गर्नेछ।
राष्ट्रिय जीवनका विविध पक्षलाई थप जवाफदेही बनाउन सक्छ ?
स्मार्ट दोलखा स्वतन्त्र आवज जिम्मेवारीप्रति हाम्रो परिवार सदैव सचेत र समर्पित रहनेछ। सम्मानजनक अस्तित्वले यस अभियानलाइ सम्मानित बनाउँछ र सम्मानित स्मार्ट दोलखा स्वतन्त्र आवज राष्ट्रिय जीवनका विविध पक्षलाई थप जवाफदेही बनाउन सक्छ। त्यस अर्थमा हामी नेपाली नागरिक र वृहत राष्ट्रिय हितका प्रबल पक्षधर रहनेछौं।
कसरी स्मार्ट दोलखा स्वतन्त्र आवज स्थापित हुन सक्छ ?
हाम्रो अस्तित्व र प्रभावकारिता हाम्रा समस्त नेपाली र दोलखालीहरूको सहयोग, सुझाव र अनुमोदनबाट मात्र स्थापित हुन सक्छ। त्यसैले यो स्मार्ट दोलखा स्वतन्त्र आवजलाई आवश्यक सुझाव र सूचना प्रदान गरेर अनि आलोचना मार्फत सहयोग पुर्याउन हामी अनुरोध गर्दछौं,सबैसँग।
हाम्रो उपस्थिति स्थापित गर्ने पहिलो जिम्मेवारी हाम्रो हो। जिम्मेवारी निर्वाहको त्यो क्रममा सबैको अविच्छिन्न सहयोगले हामीलाई हाम्रो कर्तव्यमा जुट्न सहयोग पुर्याउने छ।
यसको तयारी कसरि गर्नु भएको छ?
आम देशको हरेक परिवर्तन र महत्वपूर्ण राजनीतिक घटनाक्रम कै बीचमा हामी पर्याप्त तयारी बिनै तपाईंहरू माझ आएका छौँ, व्यवसायिक दायित्वबाट प्रेरित भएर। कमजोरी र अपर्याप्तताका लागि पूर्ण जिम्मेवारी हाम्रो हुनेछ र त्यसलाई सत्प्रयासका रूपमा बुझिदिनुहुन हामी सबैसँग आग्रह गर्दछौँ । देशमा चरम बेरोजगारी बेथिति अन्याय अत्याचार ले सिमा नागेको अवस्था मा दोलखा जिल्ला पनि अछुतो रहन सकेन पहाडी जिल्ला दोलखा पर्यटकीय सम्भाबन नै सम्भावना भएको ठाँउ दोलखा आज अधिकाङ्स युवा को रोजाइ वैदेशिक रोजगार नै छ।
प्रदेस सरकार स्थानीय सरकारको पनि जिम्मेवारी होला नि ?
जिल्लामा उत्पादन बस्तु को बजार बेबास्थापन छैन। कृषकलाइ सेव सुबिधा प्रोत्साहन छैन । सस्थागत भस्टचार र पाटिगत संरक्षण बढदो छ। सङ्गिय गणतन्त्र पछि गाउँ गाउँ मा सिंहदरबारका नामना साशक हरु पैदा भएका छन गरिब झन झन गरिबिको चपेटामा पर्दै छन भने शासक पुजीवादी झन आफुलाइ सम्पन्न बनाउदैन छन खोइ समाजबाद? सरकार नै बेखबर छ !!नागरिक स्वतन्त्रता छैनन्् कुनै न कुनै दलको कार्यकर्ता नभए पनि सुभचिन्तक सम्म हुनै पर्छ !! नत्र टिक्न दिने अवस्था छैन। देशको झन्डा मुनि गोलार्ध भएर रहने वातावरण छैन। नेपाली भन्दा पहिला नै यहा कुनै पाटीको कार्यकर्ता बन्नै पर्छ। नेपाली हुन तर देशको हालत देखियर प्रबासमै भासिनु पर्छ उक्त कारण पनि सम्भावना बोकेको सुन फल्ने उर्वरता जमिन बाजै राखेर बालुवा मा पसिनाको खेति गरि कमल फ़ुलाउने सपना देखन बाध्य छन् । युवा।
के तपाई हरुले सरकारको बिरोध गर्नु भएको हो ?
यसो भन्दै गर्दा यो बिरोध को लागि बिरोध मात्र गर्न जन्मिएको समुह होइन समस्याको विकल्प सहित समाधान खोज्न ,धमिलिएको राजनीति लाई सङ्ल्याएर सहि मार्गदर्शन देखाउन गलत लाइ गलत र सहि लाइ सहि भन्न। स्वतन्त्र दोलखाली हरुको आवज दोलखाको बिकास र समृद्धि मा टेवा पुर्याउदै बेथिति को अन्त्य गर्न खराव लाई खबरदारी र असल लाइ प्रोत्साहन गर्दै सामाजिक कार्य समेत गर्ने उदेश्य ले स्वतन्त्र युवा हरु को ऐक्यबद्धता गर्ने अवधारणा सहित अगाडि बध्न लागेको समुह हो । हामि पहिलो चरण मा छौँ हामीले हाम्रो जिल्ला सुन्दर नगरि दोलखाको निर्माण गर्नु छ आज घिनलाग्रो नाङ्गो राजनीति लाइ साथ दिएर के पायौं त ? समिक्षा गर्ने बेला आएको छ।। राजनीति सेवा हो पेशा होइन खबरदारी गरौं अब नसोचेको कैले सोच्ने हामिले नगरे कस्ले गर्ने इतिहास हेरेउ बुझौ अब बर्तमान कोरौ र भबिस्य सुनौलो बनाउ।
स्मार्ट दोलखा स्वतन्त्र आवज प्रथम चरणको कार्ययोजना के हो ?
१ दोलखा को सबै क्षेत्र जिल्ला र जिल्ला बाहिर रहेका,जात,धर्म,बर्ग, का स्वतन्त्र बिचार भएका युवा लाइ समेट्ने।
२ लैङ्िगक समानता को हक र शिक्षा स्वास्थ आवश र नागरिकको अधिकार को आवज उठाउने।
३ समस्या समाधान सहितको बेथिति को चर्को आलोचना गर्ने।
४ शिक्षा स्वास्थ गरिबी सङ सम्बन्धित कुरा हरुमा जनसचेतना कर्याकम ,सर्वदान साथै सामाजिक काम गर्ने।
५ कृषकलाइ प्रोत्साहन गर्ने गराउने कृषि लाइ प्रोत्साहन गर्दै कार्यक्रम राख्ने र उत्पादन को उचित बजार बेवस्थापनको लागि संबंधित निकाएको ध्यानाकर्षण गराउने?
६ बिदेशीयका युवाको सिप र दक्षता लाई लक्षित कार्यक्रम गर्ने गराउने।
७ केइ नयाँ मनोरञ्जन तथा सृजनशिल प्रोग्राम राख्ने र आन्तरिक तथा बाह्य प्रयटन लाइ प्रोत्साहन गर्ने
८ गरिब, बेसहारा ,पिछडिएका शिक्षा बाट बन्चित भएका बालबालिका लाई उचित शिक्षा को बेवास्ता मिलाउन संबंधित निकाएमा पहल गर्ने साथै सहयोग गर्ने
९. गाउँ, शहर ,बाटो, खानेपानी बन र वृक्ष को संरक्षक सुरक्षा र वृक्षारोपण साथै सरसफाइ कार्यक्रम गर्ने ।
१० प्रत्येक नगरपालिका गाउपलिका वर्डमा जनसचेतना मुलक कार्यक्रम आयोजना गर्ने।
११ यस महान अभियान मा जोडिन प्रचारप्रसार को लागि विभिन्न मिडिया,रेडियो, तथा पत्रपत्रिका को साथ सहयोग लिने
को- को हुनु हुन्छ कार्यसमितिमा ?
सरोज केसि संरक्षक र पार्शुक पोखेरेल को संयोजन मा यस अनुरुप कार्यसमिति तय गरिएको छौ
संरक्षक :सरोज केसि
संयोजक : पार्शुक पोखरेल
सह संयोजक : बसन्त तिवारी
महासचिव : रमेश बस्नेत
सचीव : एक्का श्रेष्ठ
कोषाध्यक्ष : बिन्दा कार्कि
सह कोषाध्यक्ष :भिमसेन श्रेष्ठ
कृयासिल सदस्य हरु पनि छन् ?
छन् त !!!
सदस्य : सबिता बुढाथोकी
शंकर तामाङ
दीक्षा कटेल
तारा तामाङ
ताेरण बस्नेत
राेशन कुमार के सि
दिपक खत्री
रमेश घतानि
सुमन अधिकारी
श्रेया प्राख्रिन
बिनाेद कार्की
पद्मा प्रधान
पेम्बा शेर्पा
पुष्प खड्का
अनिल मंगाेलियन
सुन्दर खड्का