Home > मुख्य समाचार > निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका कञ्चनपुर (एसपी) विष्टलाई सेवामा फर्काउने निर्णय तर अझैसम्म हत्यारालाई पक्राउ गर्न सकेको छैन

निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका कञ्चनपुर (एसपी) विष्टलाई सेवामा फर्काउने निर्णय तर अझैसम्म हत्यारालाई पक्राउ गर्न सकेको छैन

मनोज कार्की

सरकारले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष अघि गरिएको कारबाही बदर गर्दै पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षक समेतको टोलीले स्थलगत अध्ययन गर्दा कर्मचारीबाट चरम लापरबाही र गैरव्यवसायिक कार्य भएको देखिएको भन्दै विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई ८ कात्तिक २०७५ मा बर्खास्त गरिएको थियो । यसअघि प्रकरणमा निलम्बनमा परेका केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का तत्कालीन डीएसपी अंगुर जिसी लगायत सेवामा फर्किइसकेका छन् ।

११ साउन २०७५ मा कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । प्रकरणको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको आरोप लागेको थियो । प्रहरी अधिकृतहरुविरुद्ध यातना र प्रमाण नष्ट गरेको भन्दै जिल्ला अदालत, कञ्चनपुरमा मुद्दा समेत परेको थियो । तर, अदालतले प्रहरीकै पक्षमा फैसला गरेको थियो । त्यसपछि कारबाहीमा परेका अधिकृतहरुलाई पुनर्बहाली गर्न थालिएकोछ। तर प्रकरणका आरोपित भने अझैसम्म पक्राउ पर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *