Home > मौसम > आजको मौसम कहाँ कस्तो?

आजको मौसम कहाँ कस्तो?

पौष १३ गते (सोमबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

काठमाडौँ – दिउँसो  : प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :    प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

बाँकी भेगमा आंशिक बदली रहने मौसमविदले बताएका छन् । देशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *