Home > मुख्य समाचार > राष्ट्र सेवाको काममा इमान्दारिताका साथ लागिरहने प्रतिवद्धता : मन्त्री पार्वत गुरुङ

राष्ट्र सेवाको काममा इमान्दारिताका साथ लागिरहने प्रतिवद्धता : मन्त्री पार्वत गुरुङ

काठमाडौं, ११ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा आफु लागिरहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री पार्वत गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारिताका साथ काम गर्दा मात्रै हरेक क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पार्नु भएको छ ।

शनिबार काठमाडौंमा रत्न–धर्म स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मन्त्री पार्वत गुरुङले उच्च नैतिकता र इमादारिताका साथ काम गरेकै कारण आफूले राष्ट्रको सेवा गर्ने अवसर पाएको बताउनु भएको छ। मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममासमर्पित भएर लाग्न सामाजिक संघसंस्थालाई समेत आह्वान गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले शैक्षिक अभियन्ता श्री डीबी खड्काद्धारा लिखित ‘कल्पना र वेदना’ तथा ‘सपना र सृजना’ नामक कविता संग्रह तथा ‘जुुँगुुदेखि मुगुुसम्म’को अनुुभूति समेटिएको निबन्ध संग्रह विमोचन पनि गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *