Home > पर्यटन > फिल्म सिटी निर्माण चाँडो गति दिने तर्फ सम्बन्धीत सबै लाग्नुपर्छ : मदनदास श्रेष्ठ

फिल्म सिटी निर्माण चाँडो गति दिने तर्फ सम्बन्धीत सबै लाग्नुपर्छ : मदनदास श्रेष्ठ

रमिला योञ्जन

दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं ९ मा निर्माण गर्न लागेको फिल्म सिटि राष्ट्रिय योजनाका लागि एक हजार ५०० रोपनी जग्गा तयारी अवस्थामा रहेको छ।उक्त सिटी निर्माण अन्तर्गत सडक बिजुली, खानेपानी जस्ता पूर्वाधार निर्माणको काम सकिसकेको फिल्म सिटी निर्माण सहयोग समितिकोे संयोजक  बरिष्ठ कलाकार मदनदास श्रेष्ठले च्छोरोल्पा खबरलाई बताउनु भएको छ।

दोलखा फिल्म सिटी निर्माण सहयोग समितीकोे संयोजक मदनदास श्रेष्ठ भन्नु हुन्छ ,यो राष्ट्रिय गौरवको आयोजना भएकाले अब यसलाई लामो समय अलमल नगरी चाँडो भन्दा चाँडो गति दिने तर्फ सम्बन्धीत सबै लाग्नुपर्छ। दोलखा फिल्म सिटी निर्माणका लागि हाल प्रदेश सरकारले दिएको रकम प्रवेशद्वार निर्माण र प्रचार प्रसारका लागि खर्च गर्ने गरी बैठककमा छलफल भएको संयोजक श्रेष्ठले बताउनुभएको छ ।

 फिल्म सिटी निर्माण सहयोग समितिकोे संयोजक  बरिष्ठ कलाकार मदनदास श्रेष्ठले आफ्नो सामाजिक संजालमा लेख्नु भएको छ ?अाज २०७७ साल ७ गते संचार मंन्त्रालयमा माननिय मन्त्री श्री पार्बत गुरुङ्गकोसमुउपस्थीमा दोलखा लाकुरीडाँढामा निर्मणहुने दोलखा चलचित्रनगरिकालागी बागमति प्रदेशसरकारबाट यो अार्थिकबर्ष बिनीयोजोन गरेको ३ करोड ५० लाख रकमबाट मुल प्रबेशद्वार र सूचना केन्द्र निर्माणगर्णेबारे प्राध्यापक ईन्जिनियर डा. श्री हरिदर्शन श्रेष्ठबाट प्रबधिकपक्षबारे जानकारि गराउँदै… बैठकमा प्रदेश संसद माननिय पशुपतिचाैलागाई, भिमेश्वर नगरपालिकाका नगर प्रमुख भरत के.सी, दोलखा जिल्ला समन्वयसमितिका सभापति डबल पाण्डे, संचार सचिव , चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहल,बागमति प्रदेशका सचिब ,संचार रजिष्टार तथा संचारमंन्त्रालका पधादिकारिहरु.

 

दोलखा फिल्म सिटी स्थायी संरचना निर्माणका लागि मन्त्री गुरुङले बोर्डको सदस्य सचिवको संयोजकत्वमा एक महिना भित्र कार्य समिति बनाएर अगाडी बढ्न पर्नेमा जोड दिनुभएको छ।उक्त कार्यक्रममा बोर्डका सदस्य सचिव महेन्द्र प्रसाद साँखी भन्छन, मन्त्रालयको छलफल र पूर्वाधार निर्माणमा लामो समय खर्च भइसकेको भन्दै आगामी दिनमा भौतिक संरचना निर्माणका लागि ढिलानगरी सबै लाग्नुपर्ने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *