रमिला योन्जन
काठमाडौं,७ पुस, नेपाल कम्युनिस्ट पार्टीका नेता मातृकाप्रसाद यादवले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्ने हैसियत केपी शर्मा ओलीसँग नभएको बताएका छन् ।
आत्मसन्तुष्टिका लागी जे गर्दापनि हुने बताउदै यादवले भने, “कारबाही बहुमतले गर्ने हो । आत्मसन्तुष्टिका लागि जे गरे पनि हुन्छ।” प्रचण्डलाई पार्टीले अनुशासनको कारबाही गरेको पत्र पहिल्यै निर्वाचन आयोगलाई जानकारी गराइएको दाबी गरिएको बताइएको छ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका एक केन्द्रीय सदस्यका अनुसार आयोगमा प्रचण्डलाई अनुशासनको कारबाही गरेको पत्र पहिल्यै पठाइसकिएको छ ।
नेता यादवले नेकपा विभाजन नहुने र ओली समूहलाई मन नपरे पार्टी छाडेर जानसक्ने पनि बताए । तर ओली सुर्धिएर आएमा भने पार्टीले स्वीकार गर्ने उनले बताए । यादवले भने, “हामी पार्टी फुटाउदैनौं ।
बहुमत पक्षले किन पार्टी फुटाउने ।” पूर्वमन्त्रीसमेत रहेका नेता यादवले ओलीले चालेको कदमको पार्टीले विरोध गर्ने बताए ।
मान्छे नमरीकन मर्यो भन्ने नक्कली कागज बनाएर सम्पत्ति हड्पेजस्तै संसद् विघटन गरे पनि संसद् जीवितै रहेको यादवको तर्क छ ।