प्रधानमन्त्री केपी शर्मा ओली समूहले बोलाएको केन्द्रीय समिति बैठकमा टोपबहादुर रायमाझीले स्वागत मन्तब्य दिनुभएको छ ।
टोपबहादुर रायमाझी पूर्वमाओवादी हुन् तर उनी प्रचण्डबाट टाढिएर ओलीतिर लागेका छन् ।
पार्टी महासचिव विष्णुप्रसाद पौडेलले संचालन गरेको बैठकमा स्थायी कमिटीका सदस्य कमरेड टोपबहादुर रायमाझीले स्वागत मन्तव्य राखेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
बैठकको अध्यक्षता केपी शर्मा ओलीले गर्नु भएको थियो ।