Home > खुल्ला पत्र > नेताजीलाई,ईमेल : केशवराज चौंलागाईं

नेताजीलाई,ईमेल : केशवराज चौंलागाईं

श्रदेय नेता ज्यु, नेपाली कांग्रेस ,

निर्वाचन स्वीकार गरौं!!!

उनीहरुले जितेकै हुन्।हामीले हारेकै हौं।हामीले सहज रुपमा प्रतिपक्ष भुमिका स्वीकार गरेकै कारण प्रभावकारी भुमिका खेल्न नसकेको अारोप खपेकै छौं। जनताले पनि मागे र अाशा गरे भन्दा बढी ! लौ त भने तुना फुकाएरै समर्थन दिएकै हो।

आाबश्यक परेमा संविधाननै परिवर्तन गर्न सक्ने हुत्ती समेत राख्न सक्ने शक्ति जनताले दिएकै हुन् उनीहरुलाई ।निर्वाचनको वेला छरिएको भ्रमले लट्टो लिंदा धेरै ईमानहरु पुरिएकै हुन।लाखौं घाउहरु विस्मरणमा राखेर स्थिरताको भरोसा खातिर दिईएको विशाल जनमत दुरुपयोग गर्दै सत्तालुछालुछमा लागेर मुलुकलाई द्वन्द र अस्थिरताको भड्खालोमा जाकिदिए।केवल उनीहरुकै कारणले यो सत्ता वोकाा मुखां कुबिण्डो वन्न पुग्यो।अब पार्टी सत्ता खोसाखोसले संकटकाल निम्त्याउने खतराका परिदृश्यहरु देखिन थालीसकेको छ।

अब हामी जिव्रो चपाउंन थाल्यौं भने ईतिहांसले माफी नगर्ने ठाउंमा हामी पनि पुग्ने छौं। सायद उनीहरुको पनि भोग पुग्यो , विश्र्व राजनीतिमा प्रयोगमा अाईकन विफल भईसकेको शिद्धान्त बोकेको पार्टी लोकतान्त्रिक विधिबाट अधिकार सम्पन्न सत्तामा पुगेको हेर्ने नेपाली जनताको धोको पनि पूरा भयो।यस्तो अवस्थामा मुलुक र पद्धति रक्षा हाम्रो दायित्व हो।अावेस र स्वार्थका भरमा परम्परात्मक भुमिकामा मात्रै अलमलियौं भने मुलुकसंगै हामी पनि भयङ्कर अँध्यारो सुरुङमा पछुताउने छौं।

उनीहरुको द्वन्धमा निरपेक्ष वसेर अन्य शक्तिहरुलाई समेटेर विना हिच्किटाहट निर्वाचनलाई स्वीकार गरेर सहज वातावरण निर्माण गर्न ढिला नगरौं सल्हाह गर्दागर्दै सात घर डुवेथेरे!! कतै त्यस्तो नहवस्। चुनावको लागि राणासंग गरेको संघर्ष,चुनावकै लागि राजासंग लढेको कांग्रेसअाफैले पटक पटक चुनाव गरेको कांग्रेस अहिले उनीहरुकै कुकर्मले गर्दा समय नपुग्दै अाएको चुनावलाई ऐतिहासिक अवसरका रुपमा नलिए चुनाव माग गर्न ठुलै क्षति व्यहोर्नु पर्ने पनि हुनसक्ने स्थिति छ। चुनाव कुनवाटो अायो संबैधानिक वा असंवैधानिक त्यो अलग विषय हो ,समाधान चुनाव हो।

उनीहरुको अकर्मण्यतालाई निर्वाचन स्वयंले दण्डित गर्ने छ।संबैधानिक संकटबाट मुलुकलाई वचाउने उपाय केवल चुनाव हो। कुबाटो बाट घोषणा गरिए पनि निर्वाचन लोक तन्त्रको प्राण हो।प्राण रहे अन्य अङ्ग मर्मत गर्न सकिन्छ। मेरो विचारमा चित्त नवुझे क्षमा गर्नु नै हुनेछ।

जयनेपाल!!

केशवराज चौंलागाईं

महासमिति सदस्य तथा प्रदेशसभा सदस्यको प्रत्यासी उम्वेद्वार नेपाली कांग्रेस दोलखा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *