हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा भब्य प्रदर्शन गर्न लागेको हो।
काठमाडौंमा शनिबार आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना हुनुपर्ने बताएको छन् ।
पछिल्लो समय देशभर हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा व्यापक जनआवाज उठिराखेकोले त्यसमा राप्रपाको समेत समर्थन रहेको उनले बताएको छन् ।
राप्रपाले झापा, मकवानपुर र महोत्तरी लगायतका जिल्लामा जनप्रदर्शन गरिसकेको र यही पुस १७ गते काठमाडौंमा प्रदर्शन गर्न लागेको उनले बताउनु भएको छ।
बुहमत प्राप्त अहिलेको सरकारले जनताको अभिमतको दुरूपयोग गरेको त्यसको पूर्ण रूपमा राप्रपाले विरोध गर्दै देशमा हिन्दु राष्ट्र राजसंस्था पुनर्स्थापना गर्न दबाव दिनको लागि पनि आन्दोलन आवश्यक रहेको समेत बताउनु भएको छ ।
अध्यक्ष राणाले महँगी कालाबजारी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, संगठित धर्म परिवर्तन रोक्न सरकार पूर्ण रुममा असफल भएकाले राप्रपा सडकमा उत्रनुपरेको बताउनु भएको छ।
।
अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा देशभर स्वस्फूर्त रूपमा प्रदर्शन भइरहेकोमा राप्रपाको पूर्ण समर्थन रहेको र अब हुने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताउनु भयो ।
अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोभिड- १९ कोरोना महामारी नियन्त्रण गरी आर्थिक विकास गर्न सरकार पूर्णरूपमा असफल भएको बताउँदै जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेको बताउनु भएको छ