रमिला योन्जन
सरकारी, सार्वजनिक एवं गुठी संरक्षण संघर्ष समितिद्धारा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल भूमाफियासँग मिलेको आरोप लगाएको छ ।
बालुवाटारस्थित ललितानिवास क्याम्प खाली गराउन पहल नगरेपछि उक्त गिरोहसँग मन्त्री अर्यालको मिलेमतो रहेको समितिको आरोप छ ।यस बिषयमा बुझ्न मन्त्रि अर्याल लाई फोन गर्दा सम्पर्क हुन सकेन ।
शुक्रबार काठामान्डौको जमलस्थित होटल एल्लो पेगडामा पत्रकार सम्मेलन गरेर समितिले सरकारी तथा सार्वजनिक जग्गा संरक्षणमा सरकारले चासो नदिए यस विरुद्ध जस्तो सुकै संघर्ष गर्न पछि नहट्ने चेतावनी दिएको छ ।
०७५ फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले ललितानिवासको जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको थियो ।
उक्त निर्णय कार्यान्वयन हुन नसकेको समितिका महासचिव युवराज कोइरालाले बताउनु भयो ।
उक्त सरकरी जग्गामा हाल पनि नक्सा पास गरेर घर बनाउने काम भइरहेको छ,’ उनले भने, ‘अख्तियारले मुद्दा चलाए पनि सरकारले जग्गा हड्प्ने गिरोहलाई साथ दिएरहेको छ तर यस बिषयमा संघर्ष समिती टिमले पटक पटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएपछि पत्रकार सम्मेलन गर्नुपरेको बताउनु भएको छ ।
समितिले सगरमाथा निकुञ्ज, धरानको सर्दु जलाधार क्षेत्र र धोबीखोलाको भूमाफियाबाट मिचिएको जग्गा समेत सरकरलाई संरक्षणका गर्नको लागि आग्रह गरेको छ ।