काठमाडौं – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं पूर्वसांसद रामहरि खतिवडाले अधिनायकवादी कम्युनिस्ट सरकारको सरकारको विरोधमा हुन लागेको देशव्यापी विरोध प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका छन् ।
खतिवडाले अधिनायकवादी, भ्रष्टाचारी सरकारको बिरुद्धमा मंसिर २९ गते हुन लागेको देशव्यापी बिरोध कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
कम्युनिस्ट सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन कोभिड-१९ नियन्त्रणमा असफल, राज्य आतंक, चर्को मुल्य वृद्धि, महिला हिंसा, कुशासन अधिनायकवादी शैलीबिरुद्ध देशव्यापी बिरोध कार्यक्रम राखेको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको घटनालगायतको विरोधमा नेपाली कांग्रेस इलामद्वारा आयोजित सभालाई सम्बोधन गर्न आफु इलाम जाने खतिवडाले बताए । नेपाली कांग्रेसले मंसिर २९ गते देशभरि सरकारविरुद्ध सडकमा प्रदर्शन गर्न थालेको छ ।