Home > विश्व > एनआरएनए पोर्चुगलकी कार्यवाहक अध्यक्ष सीता श्रेष्ठको लाग्यो बिभिन्न आरोप

एनआरएनए पोर्चुगलकी कार्यवाहक अध्यक्ष सीता श्रेष्ठको लाग्यो बिभिन्न आरोप

काठमाडौ । केही हप्ताको लागि कार्यवाहकको जिम्मेवारी पाएकी एनआरएनए पोर्चुगलकी उपाध्यक्ष सीता श्रेष्ठ (सिवानी) का एनआरएनएको नितिनिर्देशन विपरीत काम गरेको समाचार प्राप्त भएको छ ।

एनआरएनए पोर्चुगलका एक पदाधिकारीका अनुसार पोर्चुगलमा कोरोना महामारीको आंतक चलेको बेला पोर्चुगल सरकारले ५ जना भन्दा बढी भेला नहुने आदेश गरेको बेला पचासौं जना भेला पारेर उनी आफै अतिथि भएर नाचगान गर्दै एनआरएए पोर्चुगल र पोर्चुगल सरकारको आग्रहलाई धोती लगाइदिएकी थिइन् ।

जताततै पद ओगट्न सिपालु सिवानी काम नगरी जहाँको जुन पदका लागि तछाडमछाड गर्छिन, अहिले पनि उनी तीन चार वटा संस्थामा एनआरएनएको विधान विपरीत पदमा टासिएकी छन् ।

नेपालमा विभिन्न व्यक्तिहरुलाई अवैध रूपमा पोर्चुगल पठाउने भन्दै पैसाको कारोबार गर्ने र पैसा लेनदेनमा हिनामिना गरेको बारेमा पनि उनको नाम मुछिदै आएको छ। पीडितहरुले नेपाल प्रहरीमा उजुरी दिने तयारी गरेको बुझिएको छ । उनी नेपाल आउन साथ प्रहरीको चिसो खोरमा पुग्ने सम्भावना छ ।

पोर्चुगल जानू अघि पनि उनी नेपालमा विभिन्न गैरकानुनी गर्ने गरेको र त्यसैबाट बच्न पोर्चुगल भासिएको चिन्ने जान्नेहरु बताउछन् र यस्ता विवादस्पद व्यक्ति पोर्चुगलको सस्थामा नेत्री भएको देख्दा अचम्म  छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *