रमिला योञ्जन
बिहिबार बालुवाटारमा अध्यक्षद्वय बिच सहमति हुने भनिएको भेटबार्ता असहमति मै टुंगिएको छ । सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्धारा १९ पृष्ठको प्रतिवेदन पेश गरिएको थियो ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीद्धारा पेश गर्नु भएको ३८ पृष्ठ लामो जवाफी पत्र छलफलको लागि स्थायी समितिमा पुगेको छ ।
२८ गते अर्थात आगामी आइतबारको लागी बोलाईएको समितिको बैठक अघि सहमति नहुने गरी बालुवाटामा बनाएको योजना अनुसार बिहिबार भेटवार्ता भएको थियो ।
उक्त भेटमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले लामो समय बाट भन्दै आउनु भए झैं आफूले केहि पनि नछाड्ने बहुमतको नाममा कुनै कारबाही वा प्रक्रिया अघि बढाइयो भने आफू पनि चुप लागेर नबस्ने र सकेको गर्ने’ बताउनुभएको छ ।
पार्टीभित्रको समस्या चुलिएको बेलामा पनि प्रधानमन्त्रीमा समाधानको लागि कुनै सकारात्मक पहल,भावना वा लचकता नै नदेखिएको बताईएको छ ।
बिहिबार पनि उहाँले धम्कीको भाषामा नै व्यक्त गर्नुभएको खुमलटार स्रोतले बताएको छ ।
प्रचण्डले आफू सँधै एकताको पक्षमा रहेको बताउँदै पार्टी भित्र छिरेका विषय र विवादलाई बिधि र प्रक्रियाबाट सल्ट्याउनुपर्ने’ बताउनुभएको छ ।
सचिवालय सदस्यहरूले बिगतमा झैँ हाल स्थायी कमिटीका विशेषगरी खुमलटार निकट भनिएका हरिबोल गजुरेल र टोपबहादुर रायमाझीले दुईजना अध्यक्षबीच सहमतिको पहल गर्दै भेटघाटको लागि बालुवाटारलाई सुझाएको स्रोतले जनाएको छ ।