पानीको मुख्य स्रोत भनेको पर्वतीय क्षेत्र नै भएकाले यसको संरक्षणमा जोड दिँदै आइएको छ / योग्य पानी पिउन र जीवनरक्षक धेरै जडिबुटी पर्वतीय क्षेत्रबाट नै पाइन्छ /
पृथ्वीको कुल क्षेत्रमध्ये २२ प्रतिशत पर्वत क्षेत्र पर्ने भएकोले विश्वको जनसंख्यामध्ये १५ प्रतिशत मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेको संयुक्त राष्ट्र संघले जनाएको छ पछिल्लो समय जनसख्या वृद्धि जलवायु परिवर्तनको कारण र पर्वतीय क्षेत्रमा धेरै असर पर्न थालेको छ /
हरेक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाउने गरिएको छ । पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले राष्ट्रसंघको आह्वानमा सन् २००३ देखि पर्वतीय दिवस नेपालमा पनि मनाउन सुरु गरिएको हो।
यही असरलाई न्यूनीकरणमा जोड दिँदैपर्वतीय क्षेत्रमा बस्ने नागरिकको जनजीविका सहज बनाउन र पर्वतीय वातावरणलाई बिग्रन नदिन अन्तर्राष्ट्रिय पर्वतीय दिवसलाइ नै जोड दिएको छ ।