नेपाल नारी चेतनशील संघको आयोजनामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। महानगरीय प्रहरीवृत्त गौशला र सामुदायिक सेवा केन्द्र चावहिलको सहकार्य मा भएको कार्यक्रमको अध्यक्षता सोही संघकी सभापती प्रभा कुमारी ढुङ्गेल गर्नु भएको थियो।कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शुद्ध कुमार डङ्गोल हुनुहुन्थ्यो।भने विशेष अतिथि महानगरिय प्रहरीवृत्त गौशलाका प्रहरी निरिक्षक दल बहादुर राई हुनुहुन्थ्यो।
प्रमुख अतिथि र विशेष अतिथिलाई मायाको चिनो वितरण गर्दै संघकी सभापति
समाजसेवी,राजनितिज्ञ र शिक्षासेवी लगाएत ५० जनाको उपस्थितीमा काठमाडौँ महानगरपालिका वडा नं. ७ को सभा हलमा सम्पन्न कार्यक्रमको संचालन कार्यक्रम संयोजक शान्ती गुरुङ्गले गर्नुभएको थियो। संस्था सँग आबद्ध आजिवन तथा साधारण सदस्यहरुलाई लैङ्गिक हिंसा सम्बन्धि कानुनी प्रवधान बारे जानकारी दिदैँ अधिवक्ताद्धय दिपक कुमार राई र सुदर्शन जोशीले आ—आफ्नो भनाई राख्नु भएको थियो। साथै कार्यक्रमका प्रमुख अतिथिले आफ्नो संक्षिप्त भनाई राख्दै यस वडामा अवस्थित नेपाल नारी चेतनशिल संघ द्धारा आयोजित यस्ता खाले कार्यक्रमले वडाको न्यायिक समितीलाई समेत सहयोग पुर्याउने भएकोले आयोजकलाई विशेष धन्यावाद व्यक्त गर्नुभयो।उपस्थित सम्पूर्ण अतिथिहरुलाई विशेष धन्यवाद दिदैँ संघकी सभापतीले कार्यकैमको समापन गर्नुभएका थियो।