मंसिर २४ गते (बुधबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार
दिउँसो : प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरू र सुदुर पश्चिम प्रदेशको हिमाली भू-भागहरूमा आँशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।सुदुर पश्चिम प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।