Home > मौसम > आजको मौसम,

आजको मौसम,

मंसिर २३ गते (मगलबार ),जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।\

तराईका केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था

केन्द्र तापक्रम (°C) पारदर्शिता (Visibility)(m)
धनगढी ११.५ ६०००
नेपालगंज १२.० ४०००
भैरहवा १४.० १०००
सिमरा १४.० ५०००
जनकपुर १३.६ ८००
विराटनगर १४.५ ५००

आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs)

पश्चिम तराईः थोरै स्थानहरुमा विहानीपख देखिएको हल्का हुस्सु/कुहिरो मध्यान्ह सम्ममा हटेर जानेछ।

मध्य तराईः थोरै स्थानहरुमा विहानीपख देखिएको हल्का हुस्सु/कुहिरो मध्यान्हसम्ममा हटेर जानेछ।

पूर्व तराईः थोरै स्थानहरुमा विहानपख देखिएको हल्का हुस्सु/कुहिरो मध्यान्हसम्ममा हटेर जानेछ।

आगामी २४ घण्टा सम्मः

तराईका थोरै भू-भागमा विहानीपख लागेको हुस्सु/कुहिरो मध्यान्ह सम्ममा बिस्तारै हटेर जाने देखिन्छ। कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

प्रदेश नं १ का पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना हुनुका साथै देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *