Home > राजनिती > नेकपाका दुवै पक्ष आ-आफ्नै अडानमा : विवाद गम्भीर मोडमा

नेकपाका दुवै पक्ष आ-आफ्नै अडानमा : विवाद गम्भीर मोडमा

काठमाडौं मंसिर २० । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको छ । विवाद समाधानका लागि नेताहरूको दौडधूप बढेको भए पनि सहमति जुट्न सकेको छैन् ।

शीर्ष नेताहरू आआफ्नै अडानमा अडिग भएपछि नेकपाभित्रको विवाद झन्झन् गम्भीर बन्दै गइरहेको छ । विवाद समाधान गर्ने उद्देश्यले आज (शनिबार) सचिवालय बैठक बोलाइएको भए पनि सहमति जुट्ने सम्भावना न्यून छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गर्दै एक अर्कालाई गम्भीर आरोप लगाएपछि विवादले उग्र रूप लिँदै आएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *