Home > समाचार > श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै कोरोना पोजेटिभ श्रीमान्‌को मृत्यु

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै कोरोना पोजेटिभ श्रीमान्‌को मृत्यु

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्‌को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो ।

उहाँकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहनुभएका उहाँको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उहाँको स्बाव सङ्कलनको रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचाररत उहाँलाई मङ्सिर १३ गते भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई जानकारी गराएको थियो । अस्पतालबाट आफ्ना श्रीमान्को खबर सुनेपछि अप्ठेरो महसुस गरेकी श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको बताइएको छ ।

उपचाररत मगरको पहिले कोरोना सङ्क्रमण पोजेटिभ थियो । यही मङ्सिर १५ गते पुनः गरिएको स्वाब परीक्षणको रिपोर्ट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताउनुभयो । श्रीमतीको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *