दिपेन्द्र गनिका
१७ मङसिर,। कैलालीको धनगढीमा प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान गरिएको छन्।
जिल्ला अदालत कैलालीमा मङ्गलबार थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका {८ }आठ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
गत कात्तिक १ गते गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्टका जुगेडामा इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान जवान रामबहादुर साउद बेपत्ता भएको थिए।
कात्तिक २ गते गोविन्द विकको र दुई दिनपछि साउदको हत्या गरेकै अवस्थामा नेपाल-भारत सीमा भएर बग्ने मोहन नदीमा शव फेला परेको थियो ।
प्रहरी हत्यामा संलग्न भएका धनगढी-१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीयय चोर भनिने सुरेश रानालाई प्रहरीले पक्राउ गरेको थियो ।
घटनामा संलग्न २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल रानालाई पनि पक्राउ गरेको थियो ।
पक्राउ परेको सबैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले अनलाइन खबरलाइ जानकारी दिनु भएको छ ।