Home > राजनिती > महत्वपूर्ण सम्झौता कार्यान्वयनको लागि नेपाल आएको हुँ : चीनका रक्षामन्त्री वेइ फेङहे

महत्वपूर्ण सम्झौता कार्यान्वयनको लागि नेपाल आएको हुँ : चीनका रक्षामन्त्री वेइ फेङहे

काठमाण्डाै – चीनका रक्षामन्त्री वेइ फेङहे नेपाल भ्रमण आउनुभएको छ । रक्षामन्त्री वेइ फेङहे एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट बिहान १० बजे त्रिभुवन विमानस्थल काठमाण्डौ आइपुग्नु भएको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलले उहाँलाई विमानस्थलमै पुगेर स्वागत गर्नुभएको छ । फेङहेले नेपाल र चीनका राष्ट्रप्रमुखबीच विगतमा भएका महत्वपूर्ण सम्झौता कार्यान्वयनको सिलसिलामा आफू नेपाल आएको समेत बताउनुभएको छ ।

दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने सैन्य सहयोग वृद्धि गर्नी उदेश्यका साथ आफ्नो भ्रमण रहेको बताउँदै फेङहेले दुई देशबीचको सम्बन्ध अझ झनै थप उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँ अहिले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ताको लागि सैनिक मुख्यालय जंगी अड्डा भद्रकाली पुग्नुभएको छ ।

उहाँको राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयले नेता वेइको यो भ्रमणलाई ‘कार्यगत’ भ्रमण भनेको छ । साथै भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध सुदृढ हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *