मङ्सिर ११,बिहिबार / डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ खैरोडामा हिजो (बुधबार) राति एक महिलामाथि सामूहक बलात्कार भएको छ ।स्थानीय ३० वर्षकी महिलामाथि मेला हेरेर फर्किएका युवाहरुले सामूहिक बलात्कार गरेको उजुरी परेको डडेल्धुरा प्रहरीले जानकारी दिएको छ ।
मेला हेरेर फर्किएका २ पुरुषले गोठमा काम गरिरहेकी महिलामाथि बलात्कार गरेको भन्ने उजुरी आएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्नको आरोपमा प्रहरीले स्थानीय ३० वर्षका टेक दमाईंलाई पक्राउ गरेको छ ।