Home > समाचार > तनहुँमा बस दुर्घटना हुँदा १७ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा १७ जना घाइते

मङ्सिर ११,बिहिबार /तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।बेनीबाट भैरहवातर्फ लागेको लु २ ख ८८३ नम्बरको बस बिहीबार दिउँसो पौने १ बजे आँबुखैरेनी गाउँपालिका वडा न ३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। जिल्ला प्रहरी तनहुँले बस पुलबाट तल खसेको जानकारी दिएको छ।

बसले विपरीत दिशातर्फ जाँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरलाई पनि ठक्कर दिएको थियो, स्कुटरमा रहेका १ बच्चासहित ३ जना घाइते छन्। बसमा रहेका १७ जना मध्य चालक र सहचालकसहित १४ जना घाइते छन भने स्कूटरमा रहेका तीन जना गरी कुल १७ जना घाइते रहेको तनहुँ प्रहरी ले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *