मङ्सिर ११,बिहिबार। कास्कीको पोखरामा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एकजना र कास्की सेवा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।मृत्यु हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका–७ का ८७ वर्षीया कोरोना संक्रमित महिलाको बुधबार राति मृत्यु भएको हो उनीमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका– १३ का ६६ वर्षीया महिलाको बुधबार राति ९ः३० बजे मृत्यु भएको हो उनीमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
कास्कीमा कोरोना संक्रमित २ जनाको मृत्यु
