तिमी मलाई हेरेर अकमक्क पर्छौ
तिमि मेरो ओठको हासो कसरी लुटौ
अनि मेरो अँखाको चंचलता कसरी लुटौ
भन्दै प्रयास गर्छौ प्रिय
तिमी म हिडेको बाटो हिड्न नपाए पनि हुन्थियो
भन्छौ प्रिय
तर के गर्छौ प्रिय ???
म कतै तिम्रो आसपास छु
मलाई खुशी देख्न चाहदैनौ तिमी
तर मुस्कान मेरो गहना हो
जो जन्मजात पाएको छु , कृत्रिम हैन
इमानदारी र मेहनत मेरो पहिचान हो
म कहाँ तिम्रो दाजो त गर्नै सक्दिन प्रिय
तिमि चाहन्छौ मेरो आगनीमा फूल नफूलोस
तर नयाँ मुस्कान लिएर हरेक बिहानी फूली दिन्छ प्रिय
अनि रङ्गहरुको रौनकले मेरो आगनहरु सजाउछ
किन किन तिमी जे जे चाहन्छौ त्यही चही हुदैन प्रिय
तिमी चाहन्छौ मेरो आगनीमा जून नलागोस
तर जून हास्दै झल्लमल्ल मेरै आगनीमा उर्लिन्छ प्रिय
तिमी चाहन्छौ म उकुसमुकुस भै तड्पी रहौ
तर शीतल हावा हिमाल छोइ मन्द मन्द मुस्कान संगै मेरै वरिपरि सिरीरी कति आनन्द अनुभुति गराउछ
के गर्छौ त प्रिय ???
मेरो नाम सुन्न मन छैन तर चारै तिर मेरै बखान छ प्रिय
तिमि मात्रै केहि पलको रमझममा भुलेउ प्रिय
जीवनको नियम र नियति त बुझेनौ
सधै गुप्तचर झै जाल बुनेउ प्रिय
तिम्रो रणनीति र कुट्नीती हेर्दै छु प्रिय
जीवन आफैमा छल हो प्रिय
मात्रै जन्म र मृत्यु सत्य हो
यहीँ छल भित्रै पनि छल गर्छौ प्रिय
म टाढा बसेर हेर्दै छु तिम्रो उसुलहरु प्रिय
तिमि एकैछिनलाई कृत्रिम बिजुली बनेउ
तर यहाँ चन्द्रमाको मधुर प्रकाशमा रात बिताउन
मन छ प्रिय
जमाना त शान र शौकतको पछि दौडिन्छ प्रिय
सादगी त उम्र भर रहन्छ प्रिय