Home > समाचार > बैंकका सेक्युरिटी गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा एक पक्राउ

बैंकका सेक्युरिटी गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा एक पक्राउ

मङ्सिर १०,बुधबार / काठमाण्डौको नयाँ बानेश्वरको ग्लोबल आइएमई बैंकका सेक्युरिटी गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा काठमाण्डौको नयाँ बानेश्वर वडा न-३१ थापागाउँका ३१ वर्षीय शशी थापा छन्।उनलाई थापागाउँबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।गत असोज २९ गते सेक्युरिटी गार्ड रुद्रबहादुर मगरलाई थापाले खुकुरी प्रहार गरेका थिए।खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मगरको अहिले पनि उपचार जारी छ।

फरार भएका थापालाई प्रहरीले बुधबार बिहान थापागाउँमा फेला पारेको थियो।सेक्युरिटी गार्डलाई किन खुकुरी प्रहार भयो भन्नेबारे विस्तृत रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *