Home > समाचार > सडकबाट २०० मिटर तल ट्याक्सी खस्दा चालकको मृत्यु

सडकबाट २०० मिटर तल ट्याक्सी खस्दा चालकको मृत्यु

मङ्सिर १०,बुधबार / बाग्लुङको ढोरपाटन नगरपालिका-२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका वडा न-६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ। बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध १ ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा खसेको थियो।

दुर्घटनापछि खोलामा बेपत्ता चालकको शव आज बिहान बडिगाड गाउँपालिका–६ मा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। राति १० बजेतिर दुर्घटनामा परेको ट्याक्सी मध्यपहाडी लोकमार्गबाट २०० मिटर तल खसेको थियो।ट्याक्सीमा यात्रु भने सवार नरहेको बुझिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *