मङ्सिर १०,बुधबार / रुपन्देहीमा नेपाल तरुण दल रुपन्देही र नेपाल विद्यार्थी संघ रुपन्देहीले सत्तारुढ नेकपा का महासचिव तथा नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालोझण्डा देखाएका छन् ।लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क कालोझण्डा देखाएको नेपाल बिधार्थी संघ र नेपाल तरुण दल रुपन्देहीले बताएका छन ।
मंगलवार रुपन्देही पुगेका महासचिब पौडेल रुपन्देहीमा दुई दिन विभिन्न कार्यक्रममा सहभागी हुने जानकारी छ । सडकमा बाक्लो सङ्ख्यामा रहेका तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए ।बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि कालो झण्डा प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भने हुन नपाएको प्रहरीले जनाएको छ ।
source-ratopati