Home > मौसम > पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली हुने

पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली हुने

मङ्सिर १०,बुधबार / जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार )को मौसम पूर्वानुमान जारी गरेको छ। देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ ।पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली हुने देखिएको हो ।हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ । देशका अरु क्षेत्रमा भने मौसम सामान्यता सफा रहेको छ ।बुधबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही देशका अन्य क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।त्यस्तै राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही अरु क्षेत्रमा आंशिक बदली हुनेछ ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको पनि संभावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *