मङ्सिर ९,मंगलवार / नेपालको सुप्रशिद्द दोलखामा रहेको भीमेश्वर मन्दिरमा भीमसेनलाई १८ औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट, शुभ नहुने धार्मिक मान्यता राखिदै आइएको छ । यस अघि गत बर्ष २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो ।आज (मंगलबार) दिउँसो २ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको छ ।