Home > समाचार > बैतडीमा भर्खरै जिप दुर्घटना ,५ जनाको मृत्यु

बैतडीमा भर्खरै जिप दुर्घटना ,५ जनाको मृत्यु

मङ्सिर ९,मंगलबार / बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । झुलाघाटबाट गोठलापानीतर्फ लागेको ना १ ज २१९६ नम्बरको जिप मंगलबार दिउँसो पौने २ बजे बुढ्ढा नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । उनीहरुको उपचारका लागि बैतडी जिल्ला अस्पतालमा लगिएको प्रहरीले बताएको छ।घाइते तथा मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार चालक फरार रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *