Home > समाचार > ६ बर्षिया बालिका हत्याको विरोधमा बर्दिबास तनावग्रस्त, प्रहरीको गोली लागेर तिन जना घाइते

६ बर्षिया बालिका हत्याको विरोधमा बर्दिबास तनावग्रस्त, प्रहरीको गोली लागेर तिन जना घाइते

मङ्सिर ९,मंगलवार / महोत्तरीको बर्दिवासमा बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका स्थानीयले मंगलबार शव सडकमा राखेर राजमार्ग अवरुद्ध गरेका छन् । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर तिन जना घाइते भएका छन् । बर्दिवास–१४ का सहिद अन्सारीकी ६ वर्षीया छोरी गुलबसा खातुनको सोमबार राति बोरामा राखेर फालिएको शव फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको आफन्तले बताएका छन् ।

बालिकाको हत्या गरेको आशंकामा प्रहरीले गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । साहले बालिकाको हत्या गरेको स्विकारिसकेको इलाका प्रहरी कार्यालय बर्दिवासले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *