मङ्सिर ९,मंगलबार /सोमबार साँझ डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशुसहित १ महिलाको मृत्यु भएको छ । धामीझाँक्रीकोमा झारफुक गर्न जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयको अनुसार मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–२ बगालकी ३५ वर्षीया पुतलीदेवी भुल रहेकी छिन् । पुतलीदेवी मणिलेक ढोब्डेनाको भीरबाट लडेकी प्रहरीले जानकारी दिएको छ ।
आफ्नो गाउँबाट अर्को गाउँमा झारफुक गर्न जाने क्रममा साथमा १३ दिनको शिशुसहित पुतलीदेवी भीरबाट को र घटनास्थलमै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
\source-ratopati