Home > समाचार > खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

 मङ्सिर ९ ,मंगलबार / झापामा खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना लाइ पक्राउ गरेको छ। दमक नगरपालिका-१ बस्ने ४७ वर्षीय चुडामणि भण्डारीलाई मङ्सिर ७ गते आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।उनकी श्रीमती ३८ वर्षीया टिका देवी पौडेल र सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय प्रकाशचन्द्र दाहाल कमल गाउँपालिका-६ जिवन चोकस्थित खेतमा धान उठाउन गएको अवस्थामा चुडमणिले दुवै जनालाई खुकुरी प्रहार गर्दा श्रीमती टिकाको घटनास्थलमै मृत्यु भएको थियो। भने प्रकाशचन्द्र घाइते भएका थिए। खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *