Home > मौसम > आजको मौसम

आजको मौसम

मङ्सिर ९,मंगलबार / जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार)को मौसम पूर्वानुमान जारी गरेको छ।देशका पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको मौसमविदले बताएका छन् ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही अरु क्षेत्रमा भने मौसम सामान्यता सफा रहेको छ ।आज (मंगलबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने महाशाखाले बताएको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहने छ।सुदूरपश्चिम, कर्णाली र गण्डकीको हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा सामान्य बदली र तराइ क्षेत्रमा आंशिक बदली हुनेछ । बाँकी प्रदेशका पहाडी भूभागमा समेत आंशिक बदली रहनेछ ।देशका अन्य क्षेत्रमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *