Home > समाचार > मकवानपुरको बाग्मती गाउँपालिकामा ३ बर्षिया बालिकाको हत्या

मकवानपुरको बाग्मती गाउँपालिकामा ३ बर्षिया बालिकाको हत्या

मंसिर ४,बिहिबार / वाग्मती गाउँपालिका पूजामा गएकी एक बालिकाको हत्या भएको छ ।मकवानपुरको वाग्मती गाउँपालिका-७, लामिटारमा रुबिना पाख्रिनको हत्या भएको हो ।जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार अहिले अपराधस्थलमा प्रहरी टोली परिचालन गरेर अनुसन्धान थालिएको छ । बेलुकी ७-८ बजेतिर बगरमा अर्धबेहोसी अवस्थामा उनलाई फेला पारिए लगत्तै उनलाई जिल्ला अस्पताल, हेटौंडातर्फ लगिए पनि चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले बताएको छ । प्रहरीका अनुसार अपराधस्थल नजिकै बालिकाको भित्री बस्त्र फेला परेको छ भने शरीरभरि रगत लत्परिएका कारण कुनै भारी वस्तुले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

अपराधस्थलको प्रकृति अनुसार बालिकामाथि बलात्कार प्रयास वा बलात्कार भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । हालै अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने बालिकाको शवलाई पोष्टमार्टमको लागि पठाउने तयारी भएको प्रहरीले बताएको छ ।

                                                                                                 source-ok

Leave a Reply

Your email address will not be published. Required fields are marked *