Home > समाचार > कोरोना संक्रमित भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निको भएर घर फर्किए

कोरोना संक्रमित भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निको भएर घर फर्किए

कोरोना संक्रमित भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी निको भएर घर फर्किएका छन्। निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल ललितपुरमा भर्ना भएका उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन्।

अध्यक्ष केसीले बुधबार विज्ञप्ति जारी गरी सुरूमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकामा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको उल्लख गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *