मङ्सिर ३ /
पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा बुधबार बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियार रहेका छन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार २ जना मध्ये १ जनाको मृत्यु भएको हो भने एक जना घाइते भएकाको अबस्था सामान्य रहेको छ ।बुधबार बिहान तेल बोकेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५२१ नम्बरको ट्याङ्करले बर्दिबासमा ग९प५३२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।ट्याङ्करको ठक्करबाट गम्भीर घाइते आशालाललाई उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा लगिएकामा त्यहीँ मृत्यु भएको थियो ।ठक्कर दिने टयाङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।