Home > समाचार > जवरजस्ती करणी आरोप लागेपछि फरार भएका युवक ६ महिनापछि पक्राउ

जवरजस्ती करणी आरोप लागेपछि फरार भएका युवक ६ महिनापछि पक्राउ

जवरजस्ती करणी आरोप लागेपछि फरार भएका मोरङका १ युवक छ महिनापछि पक्राउ परेका छन् । मोरङको जहदा गाउँपालिका वडा न ५ का विशाल सोनार ठाकुर ६ महिनापछि पक्राउ परेका हुन।

ठाकुर माथि गत साउन १ गते बेलुका ६ बजे मोरङको कटहरी गाउँपालिका वडा न ३ स्थित खयरवना टोलको भित्री बाटोमा २३ वर्षीय युवतीलाई करणी गरेको आरोप छ । ठाकुरलाई रंगेली नगरपालिका–७ मधुवनीबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *