Home > राजनिती > दोलखामा रगतको अभावलाई मध्यनजर गर्दै नेबि संघ दोलखाले गर्यो रक्तदान कार्यक्रम

दोलखामा रगतको अभावलाई मध्यनजर गर्दै नेबि संघ दोलखाले गर्यो रक्तदान कार्यक्रम

नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति दोलखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कार्यसमिति दोलखाले तिहार, नेपाल संवत् र छठको अवसर पारेर आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रममा सोह्र जनाले रक्तदान गरेका थिए ।कोरोनाका कारण दोलखामा रगतको अभाव भईरहेको र त्यसैलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद सिवाकोटी र रेडक्रस दोलखाको आग्रह र नेपाली काँग्रेस दोलखाको सचिव सन्तोष रिमालको सहयोगमा कार्यक्रम आयोजना गरेको नेपाल बिधार्थी संघ दोलखाका अध्यक्ष भीम खड्काले जानकारी दिनुभएको छ ।

रक्तदान कार्यक्रम समापन गर्दै नेपाल बिधार्थी संघ दोलखाका अध्यक्ष भिम खडका ले रक्तदान कार्यक्रम समापन भए लगत्तै आफ्नो सामाजिक संजालमा लेखेका छन् ” चाडपर्वको बेला दोलखामा रगतको अभाव भएको कारण प्रमुख जिल्ला अधिकारी रमेश प्र सिवाकोटी र रेडक्रस दोलखाको आग्रह र नेपाली काँग्रेस दोलखाको सचिव सन्तोष रिमाल को सहयोगमा ने वि संघ दोलखाको अायोजनामा अाज चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न गरियो ।यस कार्य मा सहयोग गर्नुहुने नेपाली काँग्रेस दोलखाका नेता , ने वि संघका साथीहरू लगाएत सम्पूर्णमा धन्यवाद सहित दिपावली को हार्दिक शुभकामना ब्यत्त गर्दछु ।”

कार्यक्रममा नेपाल बिधार्थी संघ का नेता तथा कार्यकर्ता ,कांग्रेसका नेता तथा कार्यकर्ता, रेडक्रस सोसाईटी दोलखाका पदाधिकारी र बिबिध विधाका व्यक्तिहरुको सहभागीता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *