नेकपा को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको ७० औं बैठक सुरु भएको हो । बिहीबार महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबार ४ बजे सचिवालय बैठक बोलाएका थिए । लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएका हुन्।