Home > Uncategorized > ललितपुर बालकुमारी पुल नजिक आगलागी

ललितपुर बालकुमारी पुल नजिक आगलागी

ललितपुरको बालकुमारी पुल नजिक रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाको दमकललाई समेत बोलाइएको ललितपुर प्रहरीले जनाएको छ ।

घरहरुको बीचमा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । आगलागी भएको ठाउँमा स्प्रेका बोत्तलहरु रहेको कारण पड्किएर उछिटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *