Home > मौसम > आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) को मौसम पूर्वानुमान जारी गरेको छ। महाशाखाको अनुसार पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जनाएको छ। शुक्रबार बिहान जारी मौसम बुलेटिनमा हाल नेपालमा उल्लेखनिय मौसमी प्रणली विकसित नभएको उल्लेख छ।शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। शनिबार दिउँसो प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। राती देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार दिउँसो प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *