
शैलुङ्ग -८ दोलखा –हिन्दुहरुको महान चाड दशैंको अबसरमा दोलखाको शैलुङ गाउँपालिका-८ मा खेलकुद प्रतियोगिता कार्यक्रम भएको छ।
शैलुङ्ग -८ स्थित पोखरेमा भलिबल खेल प्रतियोगिता भएको आयोजक टिमका प्रमुख एवं स्थानीय शिक्षक मान बहादुर तमाङ्गले च्छोरोल्पा अनलाइन खबरलाइ जानकारी दिनु भएको छ। खेल दशैँ अघि भएको थिहो।
भलिबल प्रतियोगितामा प्रथम मेलुङ स्पोर्ट क्लब भएको थियो ,आयोजक टिम शैलुङ -८ द्दितीय र तृतीय पाडेखानि युथ क्लब् भएको हो ।पहिलो हुने टिम ले दोस्रो हुने टिम लाइ सोझो सेटमा पराजित गरेको थियो भने र तेस्रो हुने टिमले ले चौथो हुने टिमलाइ दुइ सेट पराजित गरेको र १ सेट चौथो हुने टिम नमुना परिबर्तनशिल युथ क्लबले जितेको थियो ।
कार्यक्रममा पहिलो पुरस्कार नगत रु-५०००,दोस्रो पुरस्कार रु-३००० र तेस्रो पुरस्कार रु-२००० रहेको थियो।
प्रतियोगिताको लागि आर्थिक सहयोग नेता ,समाजसेवी तथा व्यवसायी सोभित उप्रेति ज्यु, बाट खेलकुद सामान खरिद गर्न रु १०००० र बाकि रकम आयोजक र शैलुङ-८ का खेलप्रेमि हरुबाट संकलन गरिएको थियो ।
खेल भब्य र सब्य तरिकाले सम्पना गरेको आयोजकले जानकारी दिए