Home > Uncategorized > प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधन

प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधन

प्रतिनिधिसभा सदस्य सानु शिवा पहाडीको उपचारका क्रममा आज (बुधबार) निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित प्रतिनिधिसभा सदस्य पहाडीको उपचारकै क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।

 

दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उनको केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । नेकपाबाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६/०३७ सालदेखि नै विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *