बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचरारत कोरोना (कोभिड-१९ ) संक्रमित एक पुरुषको आज (मंगलबार) बिहान निधन भएको छ । मृत्यु हुनेमा धरान कै ६४ वर्षीय पुरुष रहेको धरान स्थित बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान ले जानकारी दिएको छ ।
प्रतिष्ठानका अनुसार गत असोज १२ गते उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गैरिरहेको थियो ।मृत्यु भयका त्यी संक्रमित लाइ मधुमेहको समस्या रहेको र यअसघि टीबी रोग पनि लागेको अस्पतालले जनाएको छ ।