बिशाल श्रेष्ठ
दोलखा,साउन ६ /नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको ३८ औं स्मृति दिवस भव्यताको साथ मनाइयो आज दोलखामा नेपाल किसान संघले फलफूलको बिरुवा रोपेर र तरुण दल दोलखाले सरसफाइ गरि मनाइएको छ । किसान संघ दोलखाको आयोजनामा दोलखाको सदरमुकाम चरिकोट स्थित रहेको पसुपती कन्या मा बि र कोटिहोम परिसरमा फलफूलको बिरुवा रोपिएको थियो ।
यसैबीच चरिकोट पसुपती मन्दिर वरपर नेपाल तरुण दल दोलखाले सरसफाइ गरेको छ भने नेपाली काङ्ग्रेस दोलखाको पार्टी कार्यलयमा बिपि को तस्वीरमा माल्यारोपण गरेर बिपिलाई सम्झेको नेपाली काङ्ग्रेस दोलखाले जनाएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्का , पुर्ब पार्टी सभापति उद्दब काफ्ले ,नेपाली काङ्ग्रेस दोलखा नेता बर्मा लामा ,ईश्वर नारायण मानन्धर , पार्टी सचीव बालकृष्ण आचार्य (सुर्य) बाबुकाजी बस्नेत ,गिता सिवाकोटी ,हरिसरण सिवाकोटी , भबेन्द्र कार्की , राजु लामा, सुदर्शन कार्की , नेपाल तरुण दल दोलखा का अध्यक्ष दवा साङ्गे शेर्पा ,नेपाल विद्यार्थी संघ दोलखा का अध्यक्ष भीम खड्का , नेपाल किसान संघ का अध्यक्ष सुरेन्द्र प्रधान ,सचीव मेनका चौलागाईं , जगत ब .श्रेष्ठ ,हरि बहादुर खड्का , पदम पाठक , प्रलाद कार्की ,बिदुर कार्की बिमल श्रेष्ठ तुल्साङ लामा , लोकेश दाहाल लगायत नेता तथा कार्यकर्ता को उल्लेखनीय सहभागी रहेको